आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते

बुधबार, ३२ असार २०८२, १९ : २६
बुधबार, ३२ असार २०८२

‎दैलेख । यहाँको आठबीस नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधबार दिउँसो करिब साढे १ बजेतिर नगरपालिकाको वडा नम्बर ७ जक्सी भन्ने ठाउँमा घटना भएको हो ।

‎प्रहरी सूचना अधिकारी लालबहादुर सुनारका अनुसार मकैबारीमा लुकेर बसेको बँदेलले स्थानीयमाथि आक्रमण गरेको थियो ।‎घाइते हुनेहरूमा सोही ठाउँका ४५ वर्षीय मनबहादुर बुढुवाल, २१ वर्षीय नीरज कार्की, ५८ वर्षीय कमल कार्की, २३ वर्षीय डबल बुढुवाल, टेकबहादुर शाही र विकास कार्की रहेका छन् ।

‎घाइतेमध्ये टेकबहादुर शाहीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ‎अन्य पाँच जनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

‎प्रहरीका अनुसार बँदेलले एकै पटक सबैलाई आक्रमण गरेको भने होइन । सुरुमा बाटोमा हिँडिरहेका चार जनालाई आक्रमण गरेको र त्यसको केही समयपछि अन्य दुई जनालाई आक्रमण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप