बैंकिङ कसुर मुद्दामा फरार आरोपी पक्राउ
मङ्गलबार, ०६ साउन २०८२, २० : ३४
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–२ स्थित शान्तिनगर चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर–४ घर भएर नागार्जुन बस्दै आएका कृष्ण कुमार श्रेष्ठ छन् ।
३७ वर्षीय श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनी विरुद्ध काठमाडौँ अदालतबाट २०८१ माघ १५ मा पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएपछि उनी फरार थिए ।
आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत्त सिंहदरबारमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण