आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

शनिबार, १० साउन २०८२, १५ : ३२
शनिबार, १० साउन २०८२

सारांश

  • विप्लव नेकपाको गुल्मी-काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भयो।
  • अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता कार्यकर्तालाई स्वागत गरे।
  • विभिन्न दल परित्याग गरी थुप्रै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे।

काठमाडौँ । विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट सङ्गठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौँ सम्पर्क मञ्चको पाँचौँ अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

उनीहरूलाई  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठनमा समाहित भएका नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका छन् ।

नेकपा (विप्लव) को सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।

माओवादी केन्द्रमा समाहित हुने नेता कार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशवराज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप