शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
नाग पञ्चमी

काठमाडौँको नागपोखरीमा भक्तजनको भीड (तस्बिरहरू)

मङ्गलबार, १३ साउन २०८२, ०८ : २४
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • नाग पञ्चमीको अवसरमा काठमाडौंको नागपोखरी लगायत देशभरका विभिन्न स्थानमा नागको पूजा गरिएको छ।
  • बिहानैदेखि भक्तजनहरूले नागपोखरीमा स्नान, दीप प्रज्ज्वलन, कलश पूजा र नागको दर्शन गरेका थिए।
  • नाग पञ्चमीमा घरको मूलढोकामा नागको तस्बिर टाँस्नुका साथै नागको पूजा गर्ने चलन छ, जसले सर्पको भयबाट मुक्ति दिलाउँछ।

काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमीका अवसरमा राजधानीको नागपोखरी लगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। 

बिहानैदेखि भक्तजनहरू स्नान गरी दीप, कलश, गणेश, र नागहरूको पूजा गर्दै नागपोखरीमा दर्शनका लागि पुगेका थिए।

naghpokhari (2)

हिन्दु धार्मिक परम्पराअनुसार आजको दिन घरको मूलद्वारमा नागहरूको तस्बिर टाँसी, गाईको गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरिन्छ।

naghpokhari (3)

अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदि प्रमुख नागहरूको नामसहित चित्र टाँस्ने चलन छ।

naghpokhari (10)

धार्मिक विश्वास अनुसार यसरी पूजा गरे सर्पको भय नहुने जनविश्वास रहिआएको छ। मैथिल र हिन्दु परम्परामा यो पर्वलाई चाडपर्वहरूको सुरुवातको सङ्केतका रूपमा पनि लिइन्छ।

naghpokhari (4)naghpokhari (5)naghpokhari (6)naghpokhari (7)naghpokhari (8)naghpokhari (9)naghpokhari (11)naghpokhari (12)naghpokhari (13)naghpokhari (14)naghpokhari (15)naghpokhari (16)naghpokhari (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप