बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

विषालु च्याउ खाएका वृद्धको उपचारका क्रममा मृत्यु

मङ्गलबार, १३ साउन २०८२, २० : ५९
मङ्गलबार, १३ साउन २०८२

कैलाली । डडेल्धुरामा विषालु च्याउ खाएर बिरामी भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको मंगलबार उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनले गत साउन ७ गते आफ्नै बारीमा उम्रेको विषालु च्याउको तरकारी खाएका थिए । दुई दिनपछि (साउन ९ गते) उनलाई अस्पताल लगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप