५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
सारांश
- नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित 'बृहत् युवा भेला'को आयोजना गरेका छन् ।
- जेठ ३० गते सुकेधारामा हुने भेलाका लागि फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समिति खारेज गर्ने, भातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने लगायतका ५ एजेन्डा तय गरिएको छ ।
- भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला निकट युवाहरूको सहभागिता हुनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित ‘बृहत् युवा भेला’को आयोजना गरेका छन् । कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते ‘बृहत् युवा भेला’ गर्न लागेका हुन् ।
दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
शाहीका अनुसार फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने एजेन्डा भेलाका लागि तय गरिएको छ ।
भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला निकट युवाहरूको सहभागिता हुनेछ ।
भेला शाहीसहित ध्रमेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की, चन्दा जोशीसहितले आयोजना गरेका र दुवै समूहका सबै युवा नेताहरूको उपस्थिति रहनेछ ।
शाहीले विशेष महाधिवेशनको विपक्षमा रहेका सबै युवा नेताहरूको सहभागिता रहने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुग्यो, १७ अझै बेपत्ता
-
इरान युद्धले लाखौँ मानिसमा चरम भोकमरीको जोखिम
-
कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
-
ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट : ठुला जलविद्युत् र प्रसारण लाइन प्राथमिकता
-
धनी राष्ट्रहरूको तेल भण्डार २३ वर्षयताकै न्यून स्तरमा
-
ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण