भारी वर्षा र बाढीका कारण बेइजिङमा ४४ जनाको मृत्यु
काठमाडौँ । चीनकाे बेइजिङमा गत हप्ता आएको भारी वर्षा र बाढीका कारण ४४ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बिहीबार यो जानकारी दिएका हुन् । बेइजिङमा विगत चार दिनदेखि राहत र उद्धार कार्य जारी छ ।
वर्षाका कारण सडकहरू क्षतिग्रस्त छ, विद्युत आपूर्ति अवरुद्ध छ भने हजारौँ मानिसहरू आफ्नो घर खाली गर्न बाध्य भएका छन् ।चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार बेइजिङको उत्तरी पहाडी क्षेत्र मियुन र याङ्किङ जिल्लामा यी मृत्यु भएको हो । शनिबारदेखि यहाँ भारी वर्षा सुरु भएको छ ।
यसअघि सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले वर्षा र पहिरोबाट प्रभावित क्षेत्रका मानिसहरूको जीवन र सम्पत्तिको रक्षा गर्न हरसम्भव प्रयास गर्न आदेश दिएका थिए ।
बेइजिङमा मात्र ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ । वर्षाका कारण ३१ वटा सडक मार्गहरू क्षतिग्रस्त भएका छन् भने १३६ गाउँहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले मंगलबार बेइजिङसहित नौ प्रान्तीय क्षेत्रहरूलाई राहत कार्यका लागि ३५ करोड युआन (लगभग ४ करोड ९० लाख अमेरिकी डलर) दिएको थियो ।
सोही दिन, राष्ट्रिय विकास तथा सुधार आयोगले बेइजिङमा राहत कार्यका लागि थप २० करोड युआन (लगभग २ करोड ८० लाख अमेरिकी डलर) घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण