आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

निताको ‘सुख दुःख’ मा भित्रिए मदनकृष्ण

शुक्रबार, १६ साउन २०८२, १७ : ३४
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् ।

उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्त्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको हो । चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफूलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए । 

फिल्म श्रेष्ठलाई निर्देशन गर्न आफू उत्साहित रहेको अभिनेत्री निताले बताइन् । ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो ।’

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो । मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । 

चलचित्रको छायाङ्कनका लागि चर्चित भारतीय छायाङ्कनकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन् । नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्म ‘नीता फिल्मस’को ब्यानरमा बन्न लागेको हो ।

फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।  यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप