शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चीनले जुटायो नेताहरूलाई एकैमञ्चमा (तस्बिरहरू)

शुक्रबार, १६ साउन २०८२, २० : ४६
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । शुक्रबार ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा नेपालका शीर्षस्थ नेताहरू एकैमञ्चमा देखापरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्षस्थ नेताहरू एकैमञ्चमा देखा परेका हुन् ।

कार्यक्रममा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका साथै गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायत पनि सहभागी थिए । 

कार्यक्रममा सहभागीहरूले नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको बताए ।  

524086009_1309228277292344_3949494295859028205_n524194519_4139043806340842_5837216009421605914_n524280796_731602379777037_2178063826584159943_n

WhatsApp Image 2025-08-01 at 20.37.52WhatsApp Image 2025-08-01 at 20.37.53WhatsApp Image 2025-08-01 at 20.37.54524719601_1407649113800600_503324411145897274_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप