उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
सारांश
- परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेकी छिन्।
- मन्त्री राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपालीको खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छन्।
- बाढी पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री राणाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको समेत बताएकी छन् ।
‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु’, मन्त्री राणाको भनाइ छ ।
उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण