रास्वपाले उठायो ६२ लाख भन्दा बढी चन्दा
शुक्रबार, २३ साउन २०८२, १७ : ५३
सारांश
- रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध ३२ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको दाबी गरेको छ।
- शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले उक्त जानकारी गराए।
- सहयोग रकम ६२ लाख १६ हजार ६६९ रुपैयाँ उठेको प्रवक्ता मनिष झाले जानकारी दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध ३२ लाख बढीले हस्ताक्षर गरेको दाबी गरेको छ ।
शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले रिपोर्टिङका क्रममा आजसम्म ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरेको जानकारी गराएका हुन् ।
यस्तै सहयोग रकम ६२ लाख १६ हजार ६६९ रुपैयाँ उठको प्रवक्ता मनिष झाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण