धनुषामा भारी वर्षा, सतर्क रहन आग्रह
आइतबार, २५ साउन २०८२, ०७ : ५३
धनुषा । आइतबार बिहान ६:३० बजेको अद्यावधिक अनुसार, पछिल्लो ६ घण्टामा धनुषा जिल्लास्थित तुलसी वर्षामापन केन्द्र र सर्लाही जिल्लास्थित परवानीपुर तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सो क्षेत्रमा बहने स–साना खोलाहरूमा पानीको बहाव केही बढ्न सक्ने सम्भावना रहेको हुँदा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। विभागले वर्षाका कारण नदी–नाला र खोला किनारमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा जान सुझाव दिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण