शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सिड्नीमा ‘पीआर’ प्रिमियर

आइतबार, २५ साउन २०८२, १४ : ३६
आइतबार, २५ साउन २०८२

सारांश

  • शोभित बस्नेत निर्देशित फिल्म 'पीआर' अस्ट्रेलियाको सिड्नीमा रेडकार्पेट प्रिमियर गरिएको छ।
  • शनिबार हर्सभिलमा रहेको इभेन्ट र भी-म्याक्स हलमा आयोजित प्रिमियरमा दर्शकको राम्रो प्रतिक्रिया आएको थियो।
  • अस्ट्रेलियामा विद्यार्थीले स्थायी आवासीय अनुमतिपत्र पाउन गरेको संघर्ष फिल्मको कथाको रूपमा प्रस्तुत गरिएको छ।

काठमाडौंँ । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अस्ट्रेलियाको सिड्नीमा रेडकार्पेट प्रिमियर गरिएको छ ।

शनिबार हर्सभिलमा रहेको इभेन्ट र भी–म्याक्स हलमा आयोजित प्रिमियर दर्शक भरिभराउ थिए । आइतबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा फिल्मको फेरि प्रिमियर कार्यक्रम छ । 

प्रिमियरमा दर्शकले फिल्म मनपराउदै राम्रो प्रतिक्रिया दिएको निर्देशक बस्नेतले बताए । बस्नेत फिल्मको प्रिमियरका लागि केही समयदेखि अस्ट्रेलियामा छन् । अस्ट्रेलियाकै कथावस्तुमा बनेको फिल्म त्यही छायांकन समेत गरिएको हो ।

अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीले स्थायी आवासीय अनुमतिपत्र पाउन गरेको संघर्ष फिल्मले कथाको रूपमा उठाएको छ । 

फिल्मका निर्माता रञ्जित शाह हुन् । शाह अस्ट्रेलिया जाने सोच भएका विद्यार्थीले फिल्म हेर्दा राम्रो हुने बताउँछन् । भन्छन्, ‘फिल्ममा हामीले अस्ट्रेलियामा विद्यार्थीको रहनसहन र पीआरका लागि गर्ने संघर्ष चित्रण गरेका छौँ ।’ 

फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायल लगायतका कलाकारले अभिनय गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप