शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड’का लागि १५ प्रतियोगी छनोट

आइतबार, २५ साउन २०८२, १४ : ४२
आइतबार, २५ साउन २०८२

काठमाडौँ । ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’का लागि १६ प्रतियोगी छानिएका छन् ।

शनिबार मण्डला ब्याङ्क्वेट तीनकुनेमा आयोजित प्रतियोगिताको पहिलो चरणमा २६ जनाले अडिसन दिएका थिए । जहाँ १५ प्रतियोगी अर्काे चरणका लागि छानिएका हुन् । 

त्यस अवसरमा सहभागी प्रतियोगीले आफूमा रहेको विभिन्न प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए । आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति आयोजक सामरी इन्टरनेसनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै भने, ‘घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौँ।’ 

अडिसनमा चर्चित गाकिया सुनीता दुलाल, अभिनेत्री अलिजा गौतम, र्यापर एनएसके फोटो ग्राफर हरी गोपाल प्रधान , मनास्लु वर्ल्ड कलेज कार्यकारी अध्यक्ष ग्येन्द्र लामालगायत थिए । 

प्रतियोगिताको फाइनल अडिसन साउन ३१ गते फेरि आयोजना हुनेछ । फाइनलबाट छानिएका प्रतियोगीहरू विभिन्न प्रशिक्षणसहित उपाधिका लागि भिड्नेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप