प्रधानमन्त्रीलाई ‘हाउ डेमोक्रेसीज् डाई’ भन्ने किताब पढ्न रास्वपाको सुझाव
सारांश
- सांसद शिशिर खनालले सरकारले कानुन, न्यायपालिका र मिडियामाथि नियन्त्रण गरेको आरोप लगाए।
- उनले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइ र 'कुलिङ पिरियड' को दुरुपयोगको विषयमा सरकारको आलोचना गरे।
- खनालले प्रधानमन्त्रीलाई 'हाउ डेमोक्रेसी इज डाई' पुस्तक पढ्न र सरकारको कामको मूल्याङ्कन गर्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानुन बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी गरेका हुन् ।
उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद् र सरकार उदासीन रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गरे ।
सांसद खनालले भन्, ‘हामीले भिजिट भिसा प्रकरणको स्वतन्त्र छानबिनको माग गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाइमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद् मौन छ । र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’
उनले थपे, ‘लोकतन्त्र मास्न खोज्नेहरू आफ्नो अनुकूल कानुन बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यू भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरू संसद् अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसीज् डाई भन्ने किताब पढ्नुहोस् । र अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरूसँग मूल्याङ्कन गर्नुहोला । हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहुन् भन्ने चाहान्छौं, तपाई के चाहनुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण