धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले धनगढीबाट 'राष्ट्रिय स्वर्ण बिन्दु प्राशन' कार्यक्रमको शुभारम्भ गरे।
- यो अभियान बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र बौद्धिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको हो।
- मन्त्री पौडेलले यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न जोड दिए, जसले स्वस्थ पुस्ता निर्माणमा सहयोग गर्ने बताए।
धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै उनीहरूको समग्र बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो राष्ट्रिय अभियान थालनी गरिएको हो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आज आयोजित एक विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्णप्राशनका थोपाहरू खुवाएर कार्यक्रमको उद्घाटन गरेका हुन् । यो कार्यक्रमले नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ‘स्वर्ण बिन्दु प्राशन’ हजारौँ वर्ष पुरानो आयुर्वेदिक ज्ञानमा आधारित एक महत्त्वपूर्ण उपचार पद्धति भएको बताए ।
उनले भने, ‘यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा ठूलो सहयोग पुग्नेछ ।’
यसलाई वैज्ञानिक रूपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्नेमा बताए ।
आयुर्वेद क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरूलाई राष्ट्रिय अभियानका रूपमा विस्तार गर्दै सबै बालबालिकाको पहुँचमा पुयाइने मन्त्री पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण