शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १३ भदौ २०८२, १२ : १५
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • भक्तपुरमा चोरी मुद्दामा फरार ५४ वर्षीया चेतना वैधलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला अदालत भक्तपुरले उनलाई ४ महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको थियो।
  • फरार रहेकी वैधलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

काठमाडौँ। चोरी सम्बन्धी मुद्दामा फरार रहेकी भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैधलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भक्तपुरले २०८१ माघ ९ गतेको फैसलामा उनलाई ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। त्यसयता फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-९ लिवालीबाट पक्राउ गरेको हो।

पक्राउ परेकी वैधलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप