शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पुटिनसहित ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने

शुक्रबार, १३ भदौ २०८२, १४ : ५६
शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने भएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा भेट गर्ने राष्ट्रप्रमुखहरूको बारेमा जानकारी गराएका हुन् ।

चीनका महामहिम राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणा चीन जान लागेका उनले फिङलाई भेट्ने छन् । 

त्यस्तै उनले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको ओलीले प्रतिनिधिसभामा जानकारी गराए ।  

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म ५ दिने भ्रमणमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप