सरकारको सर्वसत्तावादी चरित्र उदाङ्गो भयो, उपादेयता सकियो : राप्रपा
सारांश
- राप्रपाले सरकारको दमनको निन्दा गर्दै सरकार विघटनको आह्वान गरेको छ।
- राप्रपाले युवा पुस्तामाथि भएको राज्यको क्रुर दमनको भर्त्सना गरेको छ र मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
- राप्रपाले सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।
काठमाडौँ लगायत देशका विभिन्न शहरमा आज जेनजी पुस्ताले भ्रष्टाचार, समग्र बेथिति, कुशासन र सामाजिक सञ्जालमाथि सरकारको गैरजिम्मेवार प्रतिबन्धको विरोधमा आयोजना गरेको प्रदर्शनमा सरकारबाट भएको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति राप्रपा दुःख व्यक्त गर्दै घोर निन्दा एवं भर्त्सना गरेको छ ।
'देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी भएका निर्दोष युवा पुस्ताले नेपालको इतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्न पुगेका छन्,प्रवक्ता राजेन्द्र कुमार श्रेष्ठले भनेका छन्,'भ्रष्टाचार विरुद्ध सडकमा ओर्लिएका पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचार विरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ ।'
शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको समेत राप्रपाले बताएको छ । आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाको रूपमा समेत लिएको छ ।
यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ । तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपाले आव्हान समेत गरेको छ ।
असीम दु:खको यस घडीमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
'युवा पुस्ताको आजको यो आवाज २०६२/६३ को आन्दोलनपछिको व्यवस्थाले ल्याएको उपज हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न सक्दैन भन्दै विगत दुई दशकदेखि संसद्, सडक र विभिन्न समयमा गरिएका आन्दोलनमार्फत आवाज बुलन्द पार्दै आएको थियो,'श्रेष्ठले भने,'आज युवामाथि भएको राज्यको क्रुर दमनले अहिलेको व्यवस्थाको चरित्र मात्र देखाएको छैन यसले अब फेरि निर्णायक आन्दोलन नगरे युवा पुस्ताले फेरि दुख पाउने निश्चित छ ।'
साथै काठमाडाैँमा गत चैत्र १५ गते पनि प्रदर्शनकारीमाथि सरकारले शक्तिको गैरकानुनी प्रयोग गरी अत्यधिक दमन गरेको वर्तमान सरकारले त्यतिबेला सहजै उन्मुक्ति पाउँदा आजको प्रदर्शनमा दमनका लागि सरकार थप हौसिएको राप्रपाले ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण