आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पोखरामा जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा २ जनाको मृत्यु

बुधबार, २५ भदौ २०८२, १४ : ५०
बुधबार, २५ भदौ २०८२

पोखरा । पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । 

त्यस्तै अंशुभारा बिल्डिङ लेकसाइडमा भएको आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीले जानकारी दिएका छन् । 

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर ठुलो क्षति पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप