शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले दसैँमा टीका नलगाउने

सोमबार, १३ असोज २०८२, १८ : ०२
सोमबार, १३ असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दसैँमा टीका र जमरा नलगाउने निर्णय गरेकी छिन्।
  • युवापुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाहरूको पीडालाई सम्मान गर्दै यस्तो निर्णय लिइएको हो।
  • प्रधानमन्त्रीको सचिवालयले देशवासीलाई पनि टीका नलगाउन अनुरोध गरेको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो।

सचिवालयले भनेको छ, 'हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप