शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार

सोमबार, १३ असोज २०८२, १७ : ३०
सोमबार, १३ असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्।
  • अजयभद्र खनाल मुख्य सल्लाहकार, आदर्शकुमार श्रेष्ठ सल्लाहकार र गोविन्दनारायण तिमिल्सिना जनसम्पर्क सल्लाहकार नियुक्त भएका छन्।
  • नियुक्त व्यक्तिहरू विभिन्न क्षेत्रका अनुभवी छन्, जसमा पत्रकारिता, समाजशास्त्र र न्यायपालिकाको अनुभव रहेको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् । 

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।

नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप