शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

केपी ओलीलाई गुण्डुबाट जावलाखेलसम्म स्कर्टिङ (तस्बिरहरू)

प्रहरीले भन्यो- 'र्‍याली नगर्नु'
बुधबार, २९ असोज २०८२, १० : ५३
बुधबार, २९ असोज २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेको छ।
  • ललितपुर प्रहरीले जुलुस र र्‍याली नगर्न आग्रह गरेको छ।
  • जावलाखेलमा एमालेको केन्द्रीय समितिको बैठक बस्दै छ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएकाे छ । जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्दै छ ।

गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्‍याली नगर्न आग्रह गरेको छ । जुलुस र र्‍याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’

kp oli scotting (2)

जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार मध्यान्ह बैठक बस्ने भनिएको छ । केन्द्रीय समिति बैठक हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

kp oli scotting (3)kp oli scotting (4)kp oli scotting (5)kp oli scotting (6)kp oli scotting (7)kp oli scotting (8)kp oli scotting (9)kp oli scotting (10)kp oli scotting (11)kp oli scotting (12)kp oli scotting (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप