जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
सारांश
- प्रचण्डले माओवादी केन्द्रको एजेण्डामा देश अघि बढ्ने विश्वास व्यक्त गरे।
- उनले देश सङ्कटपूर्ण परिस्थितिमा रहेको र माओवादी केन्द्र संविधान र जनताको पक्षमा उभिएको बताए।
- प्रचण्डले निर्वाचनको तयारीमा लाग्न र निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरे।
धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए ।
संयोजक प्रचण्डले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै सङ्कटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको स्पष्ट पारे ।
‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो, उनले भने, ‘जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’
सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने र जेनजीमा माग र ऐजेण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले भने ‘सरकारमा बसेर जेनजीहरुलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’
निर्वाचन हुने कि नहुने भन्ने आशङ्का पैदा नगरी निर्वाचन गराउने गरी भूमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर दाेधारमा बस्नु हुँदैन । निर्वाचन घोषणा गरिसकिएको, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण