नेपाल टेलिकमको पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सुरु
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा 'रिकरिङ सजिलो अनलिमिटेड प्याकेज' सञ्चालन गरेको छ ।
२०८२ असोज ३१ गतेदेखि लागू हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालनमा रहेका सबै सजिलो अनलिमिटेड प्याकेजहरूमा म्याद सकिएपछि स्वचालित रूपमा पुनः प्याकेज खरिद हुने व्यवस्था लागू गरिएको हो ।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई आधार मानेर पहिलोपटक प्याकेज खरिद गर्दा अङ्ग्रेजी महिनाको १५ तारिखलाई आधार मानी Pro-Rate मा रकम काटिनेछ । त्यसपछि प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिखमा सोही प्याकेज स्वतः नवीकरण हुने व्यवस्था छ ।
बिलको हिसाब हुँदा क्रेडिट लिमिट अपर्याप्त भएमा सेवा अवरुद्ध हुने र भुक्तानीपछि मात्र सुचारु हुनेछ ।
ग्राहकले थप डाटा वा एसएमएस चाहिएमा अन्य प्याकेज खरिद गर्न सक्नेछन् । एउटा रिकरिङ प्याकेज चलिरहेको बेला अर्को खरिद गरेमा त्यो पेन्डिङ रहने र अर्को महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ । सेवा डिएक्टिभ गर्न चाहने ग्राहकले जीएसएम पोस्टपेड अफर (रु. ३००) सब्सक्राइब गरेर रकरिङ सेवा बन्द गर्न सक्नेछन् ।
रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्नको लागि 14152*4# डायल गर्नुपर्नेछ । थप जानकारीका लागि १४९८ मा कल गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण