शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा निकायका प्रमुखसँग बैठक

निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ : सुरक्षा निकायका प्रमुख

शनिबार, ०१ कात्तिक २०८२, १३ : २३
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए ।
  • राष्ट्रपति कार्यालयमा भएको बैठकमा निर्वाचनको वातावरण र सुरक्षाबारे छलफल भयो ।
  • विगतमा कठिन अवस्थामा पनि चुनाव गराएको अनुभव सुनाउँदै सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जनाए ।

काठमाडौँ । सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक उनीहरुले सो कुरा बताएका हुन् ।

बैठकमा निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू सुरक्षा निकायका प्रमुखहरूले प्रस्तुत गरेका छन् । प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिनुभएको छ’ राष्ट्रपति कार्यालय निकट श्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप