शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री कार्की

शनिबार, ०१ कात्तिक २०८२, १७ : ५६
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे राष्ट्रपति, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिन्।
  • बैठकमा आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र राजनीतिक वातावरणबारे समीक्षा गरियो।
  • सुरक्षा निकायका प्रमुखहरूले शान्तिपूर्ण निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी गराए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेकी छन्। 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र राजनीतिक वातावरणबारे विस्तृत समीक्षा गरिएको थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ शान्ति, सुरक्षा र निर्विघ्न निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी रहेको जानकारी गराएका छन्। 

प्रधानमन्त्री कार्कीले राजनीतिक तहबाटै निर्वाचनमैत्री वातावरण बनाउन पहल भइरहेकाे र दलहरूसँग संवाद सुरु भएको बताइन्। उनले सहज राजनीतिक निकास र लोकतान्त्रिक अभ्यास सुदृढीकरणका लागि निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उल्लेख गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप