उदयदेव–पाटन प्रिमियर लिगको उपाधि गुरुखोलालाई
सारांश
- पाटनमा सम्पन्न उदयदेव-पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जित्यो, यो लगातार दोस्रो पटकको जित हो।
- फाइनल खेलमा गुरुखोलाले हिमचुली युवा सदनलाई सात विकेटले पराजित गर्दै उपाधि जित्यो र १ लाख ३५ हजार ७९१ पुरस्कार प्राप्त गर्यो।
- खेलमा गजेन्द्र बोहराले सर्वाधिक ४३ रन बनाए भने कैलाश ऐरले चार विकेट लिए, ऋषिकेश बोहरा प्लेयर अफ दी सिरिज बने।
बैतडी पाटनमा सम्पन्न भएको पाँचौँ संस्करणको उदयदेव–पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जितेको छ । गुरूखोला लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।
शनिबार भएको फाइनल खेलमा हिमचुली युवा सदनलाई सात विकेटले पराजित गर्दै गुरुखोलाले उपाधि जितेको हो । उपाधिसँगै गुरुखोलाले रु एक लाख लाख ३५ हजार ७९१ पुरस्कार प्राप्त गरेको छ । हिमचुलीले रु ५६ हजार ७८९ पुरस्कार प्राप्त गर्यो ।
जितका लागि पाएको ११० रनको लक्ष्य गुरुखोलाले नौ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ४३ रनको योगदान दिए । बलिङतर्फ हिमचुलीका पारस विष्टले दुई विकेट लिए ।
यसअघि पाटनको श्रीकृष्ण खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय नौ रन बनायो । उसका लागि ऋषिकेश बोहराले सर्वाधिक १७ रन जोडे । बलिङतर्फ प्लेयर अफ दी म्याच भएका गुरुखोलाका कैलाश ऐरले चार विकेट लिए ।
हिमचुलीका तर्फबाट खेल्दै एक सय १० रन र सात विकेट हात पारेका ऋषिकेश बोहरा प्लेयर अफ दी सिरिज भए । बनारसी क्रिकेट टोलीबाट खेल्दै एक सय ८४ रन हिर्काएका अभिषेक पाल उत्कृष्ट ब्याटर तथा सात विकेट लिएका गुरुखोलाका राम चन्द उत्कृष्ट बलर चुनिए ।
पाटन एकता समाज ‘ख’ का समिर भण्डारी उदीयमान खेलाडी भए । विजेतालाई आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमल बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए । गत असोज २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १३ टोली सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण