कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।
वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताए ।
खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो”, उनले भने,“तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुङ्गा पनि सञ्चालनमा ल्याएका छौँ ।” यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उनको भनाइ छ ।
नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुङ्गा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताए ।“नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुङ्गा पनि सयर गर्न पाउँछन्”, उनले भने, “त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ ।” उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुङ्गा उपलब्ध गराएको हो ।
यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गरे ।
यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उनले बताए ।
ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताए ।
“ड्याम नहुँदा सिँचाइमा समस्या थियो”, उनले भने, “ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको छ भने डुङ्गा सञ्चालनले आयआर्जन बढाउने अपेक्षा गरिएको छ ।”
यहाँका एक हजार हेक्टर बढी जग्गामा सिँचाइ पुर्याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताए ।
“यहाँ पहिला सानो पानीको मुहान थियो । त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो । यसले पर्यावरणलाई पनि सहयोग पुर्याएको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण