शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै विरोध

बुधबार, १२ कात्तिक २०८२, १५ : ३०
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधान विपरीत ८१ जना केन्द्रीय सदस्य थपेको भन्दै सदस्यहरूले  विरोध गरेका छन् ।

काठमाडौँको सुकेधारमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ३४४ सदस्यीय केन्द्रीय कमिटीमा ८१ जना थप गरेको जानकारी गराएका थिए । 

त्यसप्रति केन्द्रीय सदस्यहरूले विरोध गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधान विपरीत केन्द्रीय सदस्यहरू थप गरेको भन्दै विरोध गर्नेहरूमा महेश रेग्मी, शंकर पोखरेल लगायतका नेता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप