शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हलिउड अभिनेत्री डायने ल्याडको निधन

मङ्गलबार, १८ कात्तिक २०८२, ११ : २३
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • हलिउड अभिनेत्री डायने ल्याडको ८९ वर्षको उमेरमा निधन भयो।
  • ल्याड तीन पटक ओस्कारको मनोनयनमा परेकी थिइन् र उनी दमदार अभिनयका लागि परिचित थिइन्।
  • उनको निधन क्यालिफोर्नियामा रहेको घरमा भयो र छोरी लौरा डर्नले श्रद्धाञ्जली अर्पण गरिन्।

लस एन्जलस । हलिउडकी चर्चित अभिनेत्री डायने ल्याडको निधन भएको छ । अभिनेत्रीको ८९ वर्षको उमेरमा निधन भएको हो । तीन पटक ओस्कारको मनोनयनमा परेकी ल्याड दमदार अभिनयका लागि चिनिन्छिन् । 

ल्याडको निधन क्यालिफोर्नियाको ओहाईमा रहेको घरमा भएको उनकी छोरी र प्रसिद्ध अभिनेत्री लौरा डर्नले बताइन् । मृत्युको समयमा आफू आमासँगै भिएको डर्नले बताइन् । तर उनले मृत्युको कारण खुलासा गरेकी छैनन् ।

‘उनी मेरी अद्भुत हिरो र एक अमूल्य उपहार थिइन् । उनी एक महान् छोरी, आमा, हजुरआमा, अभिनेत्री, कलाकारको साथै संवेदनशील आत्मा थिइन– जसलाई मात्रै सपनामा देख्न सकिन्छ । हामी सौभाग्यशाली छौँ कि उनी हाम्रो जीवनमा थिइन् ।’ आमालाई भावुक श्रद्धाञ्जली अर्पण गर्दै लौरा डर्नले सामाजिक सञ्जालमा एउटा पोष्टमा लेखेकी छिन् । ल्याड एक प्रतिभाशाली हास्य कलाकार पनि थिइन् । फिल्ममा प्रवेश गर्नु अघि उनले टेलिभिजन र रंगमञ्चमा लामो करियर बिताइन् ।

फिल्मी जगतमा भने उनले मार्टिन स्कोरसेसको १९७४ को फिल्म ‘एलिस डजन्ट लिभ हियर एनिमोर’ पहिचान बनाइन् । यसमा उनले ‘फ्लो’ नाम गरेकी पात्रको भूमिका निर्वाह गरेकी छिन् । यस भूमिकाको लागि उनको नाम ओस्करको उत्कृष्ट सहायक अभिनेत्रीको मनोनयनमा परेको थियो । छ दशकभन्दा बढीको अभिनय करियरको क्रममा ल्याड तीन पटक ओस्कर र तीन पटक एमी अवार्डमा मनोनयनमा परेकी थिइन् । लाडले सानै उमेरदेखि अभिनय शुरु गरेकी थिइन् । १९५० र १९६० को दशकमा उनी ‘नेकेड सिटी’ र ‘पेरी मेसन’ जस्ता टिभी शोमा देखा परेकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप