आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सबैलाई जोडेर नेतृत्व हस्तान्तरण गर्छाैँ : प्रेमबहादुर सिंह

बुधबार, १९ कात्तिक २०८२, १४ : ५३
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले सबै वामपन्थीहरूलाई एक ठाउँमा जोडेर युवालाई नेतृत्व हस्तान्तरण गरिने बताएका छन् ।

बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको एकता सभालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले नेतृत्व लिनका लागि तयारी भएर बस्न युवाहरूलाई आग्रह समेत गरे ।

‘हामी सबैलाई जोडेर नयाँ पुस्तालाई नेतृत्व छोड्छौँ । नयाँ क्रान्तिको लडाइँमा आउनुहोस् । नेतृत्वको तयारी गर्नुस् । हामी सधैँ नेतृत्वमा बस्दैनौँ’, उनले भने ।

कार्यक्रममा जेनजीको आवरणमा देशका बैरी(शत्रु)ले ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत जलाएको सिंहले आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप