शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चीनका लागि नेपाली राजदूत ओली फर्किए

शुक्रबार, २१ कात्तिक २०८२, ११ : ४१
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेपाल सरकारले तोकेको मितिमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली नेपाल फर्किएका छन्।
  • ओली एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए र उनलाई फिर्ता बोलाउने निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो।
  • राजदूत ओलीले चीनमा रहँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीको दुई पटक चीन भ्रमण भएको थियो।

चीन । चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली सरकारले तोकेको मितिमा नेपाल फर्किएका छन् ।

सरकारले विभिन्न ११ देशका  राजदूतहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन मिति तोकेको थियो । सोहीअनुसार ओली बिहीबार राति नेपाल फर्किएका हुन् ।

गत वर्ष कार्तिक २५ मा चीनका लागि नेपाली राजदूत नियुक्त भएका ओलीले नियुक्त भए लगत्तै चीन आएर काम सुरु गरेका थिए । 

उनले गत वर्ष मंसिर २७ गते चिनियाँ राष्टपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए । राजदूत ओली चीनमा कार्यरत रहँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीको दुई पटक चीन भ्रमण भएको थियो । 

कृष्णप्रसाद एमालेको कोटामा राजदूत राजदूत बनेका थिए । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णयमा राजदूत ओली पनि परेका थिए ।  राजदूतलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेपनि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । तैपनि सरकारले परराष्ट्रमै हाजिर हुनेगरी उनीहरूलाई फिर्ता बोलाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप