आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

साउदी अरबमा ४० भारतीय हजयात्रीको मृत्यु भएको आशङ्का

सोमबार, ०१ मङ्सिर २०८२, ११ : ०१
सोमबार, ०१ मङ्सिर २०८२

जेद्दाह । साउदी अरबमा भएको एउटा सडक दुर्घटनामा कम्तीमा ४० जना भारतीयको मृत्यु भएको आशङ्का गरिएकाे छ । भारतीय तीर्थयात्री बोकेर गइरहेको बस तेलको ट्याङ्करसँग ठोक्किँदा यो दुर्घटना भएको हो । 

दूघर्टना मदिना नजिक भएको साउदीको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दुर्घटनामा परेका मध्ये अधिकांश हैदरावादको भएको बताइएको छ ।

आफू रियादस्थित भारतीय दूतावासको सम्पर्कमा रहेको तेलङगना सरकारले भनेको छ । घटनासम्बन्धी थप विवरण आइसकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप