आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

३० वर्ष पुग्नुभयो ? अनिवार्य गर्नुपर्छ यी स्वास्थ्य जाँच

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : २१
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । पुरुषहरूले प्रायः आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्छन् । गम्भीर समस्या नभएसम्म डाक्टरलाई भेट्नु आवश्यक छैन भन्ने उनीहरू सोच्छन् । 

तर यो सानो लापरबाहीले पछि गम्भीर समस्याहरू निम्त्याउन सक्छ । के तपाईँलाई यो कुरा थाहा छ ? तर सत्य यही हो कि उपचार महँगो छ तर रोगको रोकथामका उपाय सस्ता छन् । त्यसैले, नियमित स्वास्थ्य जाँच गराउनु महत्त्वपूर्ण छ । त्यसो भए, ३० वर्ष पुगेपछि प्रत्येक पुरुषले गर्नुपर्ने जाँचहरू के के हुन् त ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।

रक्तचाप र मधुमेह

रक्तचाप र मधुमेह अहिले जीवनशैलीसँग सम्बन्धित सबैभन्दा सामान्य रोग हुन् । यी दुवैले साइलेन्टर किलर भनेर चिनिन्छन् ।

जसले शरीरलाई भित्रभित्रै खोक्रो पारिरहेको हुन्छ । उच्च रक्तचापले मुटु रोग र स्ट्रोकको जोखिम बढाउँछ । मधुमेहले भने मिर्गौला र आँखालाई क्षति पुर्‍याउँछ । ३० वर्ष कटेका पुरुषले हरेक वर्ष आफ्नो रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराउनुपर्छ ।

कोलेस्ट्रोल र तौल जाँच

तपाईँ तारेको/भुटेको खानेकुरा धेरै खानुहुन्छ वा बसेर गर्ने काम धेरै गर्नुहुन्छ भने आफ्नो कोलेस्ट्रोल चेक गरिहाल्नुस् ।

अत्यधिक बोसोले मुटुको धमनीहरूलाई सिधै ब्लक गर्न सक्छ । लिपिड प्रोफाइल परीक्षणले रगतमा बोसोको मात्रा मापन गर्दछ ।

प्रोस्टेट स्क्रिनिङ

५० वर्षको उमेर पछि पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम बढ्छ । यसको जाँच गर्न पीएसए (प्रोस्टेट–स्पेशिफिक एन्टिजेन)को परीक्षण गरिन्छ ।

यदि परिवारमा कसैलाई प्रोस्टेटको समस्या छ भने, तपाईँले ४० वर्षको उमेरदेखि डाक्टरसँग यसबारे परामर्श गर्नुपर्छ । चाँडै पत्ता लाग्यो भने यो समस्या पूर्ण रूपमा निको हुन सक्छ ।

क्यान्सर स्क्रिनिङ

कोलोरेक्टल क्यान्सर (पेट र आन्द्राको क्यान्सर)को लागि स्क्रिनिङ ४५ वा ५० वर्षको उमेरमा सुरु हुन्छ । यस बाहेक पनि युवाहरूले अण्डकोषको क्यान्सरबाट बच्न आफैँ चेक गर्ने तरिका पनि सिक्नुपर्छ । कुनै खालका गाँठो वा परिवर्तनलाई बेवास्ता गर्नु हुन्न ।

आँखा, दाँत र थाइराइड

मानिसहरू प्रायः यी महत्त्वपूर्ण जाँचहरू बिर्सन्छन् । आँखा परीक्षणले दृष्टिको अवस्थाबारे मात्रै भन्दैन । यसले मधुमेह र रक्तचापको प्रभाव पनि पनि बताउँछ । दाँतको सफाइ र जाँच प्रत्येक छ महिनामा आवश्यक छ ।

(अस्वीकरण: सल्लाह सहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतबाट तयार पारिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप