घ्यू खाँदा तौल बढ्छ कि घट्छ ?
काठमाडौँ । पराठा होस् वा दाल, जाउलो होस् कि हलुवा, सेल होस् वा रोटी घिउ बिना अधिकांश खानेकुराको स्वाद अपूर्ण हुन्छ । कतिपय मानिस घ्यूलाई शुद्ध ऊर्जाको स्रोत मान्छन् भने कतिपयले तौल बढाउने फ्याटी फूड सम्झेर यसबाट टाढै रहने गर्छन् ।
त्यसो भए घ्यू हाम्रो स्वास्थ्यको लागि लाभदायिक छ कि छैन ? के घ्यूले मोटोपन निम्त्याउँछ, वा सही तरिकाले खाँदा तौल घटाउन पनि मद्दत गर्छ कि गर्दैन ? यस प्रश्नको उत्तर हामीले आयुर्वेद र हालैका अध्ययनहरूमा पाउन सक्छौँ ।
घ्यूमा ओमेगा फ्याटी एसिडको साथमा भिटामिन ए, डी, ई र के हुन्छ । यो सजिलै पचाउन सकिने फ्याटको स्रोत हो । यसले शरीरलाई ऊर्जा, मानसिक शान्ति र हार्मोनल सन्तुलन प्रदान गर्न मद्दत गर्छ ।
के भन्छ आयुर्वेद ?
आयुर्वेदमा घ्यूलाई ‘सात्त्विक आहार’ मानिन्छ । यसले अग्नि (पाचन आगो)लाई बलियो बनाउने विश्वास गरिन्छ । यसले मेटाबोलिजम सुधार गर्छ र शरीरमा जम्मा भएको खराब बोसो कम गर्न पनि मद्दत गर्छ ।
यस्ता छन् घ्यू खानुका फाइदा
–पाचन सुधार गर्छ ।
–कब्जियत र एसिडिटी कम गर्छ ।
–मनलाई शान्त राखेर निद्रामा सुधार गर्छ ।
–छालालाई पोषण दिन्छ ।
कुनै व्यक्तिले घ्यूलाई आफ्नो प्रकृति (वात, पित्त, कफ) र आवश्यकता अनुसार उपयुक्त मात्रामा खान्छ भने यसले तौल घटाउन पनि मद्दत गर्न सक्छ भनेर आयुर्वेदमा स्पष्ट भनिएको छ ।
आधुनिक अध्ययनले के भन्छ ?
घ्यूमा रहेको कन्जुगेटेड लिनोलिक एसिड (सीएलए)ले बोसोलाई ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्छ, जसले बोसो भण्डारण घटाउन सक्ने केही वैज्ञानिक अनुसन्धानमा पाइएको छ ।
सन्तुलित मात्रामा घ्यूको सेवन गर्नाले पेटको बोसो नियन्त्रण गर्न र इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्छ भनेर केही अध्ययनहरूले पत्ता पनि लगाएका छन् । यो मधुमेहको लागि पनि लाभदायक हुन सक्छ । तर घ्यूमा प्रचुर मात्रामा क्यालोरी पाइन्छ । एक चम्चा घ्यूमा लगभग १२० क्यालोरी हुन्छ । यसको अर्थ धेरै घिउ सेवन गर्नाले तौल बढ्छ ।
कति घ्यू खानु सुरक्षित छ ?
सामान्य व्यक्तिहरूले दैनिक १ देखि २ चम्चा घ्यू खान सक्छन् । सक्रिय जीवनशैली वा कसरत गर्ने व्यक्तिहरूले दिनमा २ देखि ३ चम्चा खान सक्छन् ।
घ्यू न त तौल बढाउने शत्रु हो न त तौल घटाउने जादुई चक्की । यो पोषणको एक शक्तिशाली स्रोत हो, जसलाई सही मात्रामा, सही समयमा र सही खाना पकाउने शैलीमा खाँदा तौल नियन्त्रणका साथै पाचन सुधार र शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्दछ ।
(अस्वीकरणः यो सामाग्री अनलाइन स्रोतका आधारमा तयार पारिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण