आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा

शनिबार, १३ मङ्सिर २०८२, १४ : १५
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो । 

सेभेन डिस्ट्रिक मैदान दुबईमा मलेसियाले दिएको ५२ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै ५५ रन बनाएको हो । नेपालका लागि भान्स क्षेत्रीले २३ रन बनाउँदा निश्चल क्षेत्रीले १५ रन जोडे । नेपालका निरजकुमार यादव ४ रन बनाएर आउट भए । 

बलिङतर्फ मलेसियाका लागि मोहम्मद अक्रामले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ५१ रन बनाएको थियो । 

मलेसियाका लागि हाम्जा पग्गीले १३ रन बनाउँदा मोहम्मद फाइद मुइनले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि नितेशकुमार पटेलले सर्वाधिक चार विकेट लिए ।

त्यस्तै चन्दन रामले तीन विकेट लिँदा अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट लिए ।  अब नेपालले युएई र ओमानबिचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप