भियतनाममा युटिआर अन्तर्राष्ट्रिय टेनिस खेल्दै अभिषेक
कास्की । पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही मङ्सिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी अमेरिकामा अध्ययनरत छन् । बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियताका खेलाडी हुन् ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बास्तोलाका अनुसार युटिआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबिच प्रतिस्पर्धा हुन्छ ।
“युटिआर टेनिस प्रोमा विश्वका तीन हजार वरीयताभित्रका खेलाडी आमन्त्रण गरिन्छ । यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ । चाहना भएर मात्र हुँदैन तोकिएको र्याङ्किङ हुनुपर्यो । यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ”, उनले भने ।
पोखराबाट आठ वर्षको उमेरमा टेनिस खेल जीवन सुरु गरेका बास्तोलाले १३ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण