कपिलवस्तुको बर्मेलीमा ३० करोड लागतमा 'द ग्रेट लब भिलेज' निर्माण हुने
बुटवल । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा द ग्रेट लब भिलेज निर्माण हुने भएको छ ।
चुजी च्यारिटी फाउन्डेसनले ३० करोड बढी लागतमा सो भिलेज निर्माण गर्ने भएको हो । त्यसका लागि चक्र ज्योति शाक्य अध्यक्ष रहेको चुजी गुठी ट्रस्टमार्फत बर्मेलीमा ५५ कठ्ठा जग्गासमेत खरिद गरिसकिएको मध्यस्थकर्ता राकेश त्रिपाठीले बताए ।
भिलेज निर्माणका लागि चुजी फाउन्डसनका उपाध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलबिच एमओयू सम्झौतासमेत भएको छ ।
भिलेजमा चार सय जना अट्ने सामुदायिक केन्द्र, आधारभूत विद्यालय र स्वास्थ्य चौकी गरी ३ वटा संरचना निर्माण हुनेछन् । यस्तै बर्मेली वरपर रहेका ५० जना सुकुमबासीहरूको समेत व्यवस्थापन गरिने त्रिपाठीले बताए ।
भिलेज निर्माणको काम एक वर्षभित्र सकिने गरी कार्य अघि बढाइएको छ ।
अहिले माटो परीक्षण, नक्सा निर्माणलगायत परीक्षणको काम सुरु गरिएको छ । प्रारम्भिक विवरणअनुसार ३० देखि ४० करोडसम्म लागत लाग्ने अनुमान गरिएको छ । यही संस्थाको अगुवाइमा लुम्बिनीमा समेत यस्तै किसिमको भिलेज निर्माणको काम अघि बढेको त्रिपाठीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण