साप्ताहिक राशिफल
यी राशिहरूका लागि यो हप्तामा शुभ, हेर्नुहोस् साप्ताहिक राशिफल
आइतबार, ०६ पुस २०८२, ०२ : ३१
सारांश
- साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि समय राम्रो रहनेछ र परिवारसँग रमाइलो समय बिताइनेछ।
- वृष राशिका लागि धार्मिक यात्राको योग रहेको छ भने शिक्षा, शेयर बजारमा लगानी फलदायी रहनेछ।
- मिथुन, सिंह र धनु राशिका लागि साता राम्रो रहनेछ, व्यापारमा वृद्धि र नयाँ कामको अवसर मिल्नेछ।
पुस ६ गते आइतबारदेखी १२ गते शनिबारसम्मको साप्ताहिक राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार, व्यापार, उद्योगमा लगानी गरी लाभ लिन सकिनेछ भने धनधान्य तथा सुखमा वृद्धि हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । साताको अन्ततिर प्रविधिको प्रयोग गरी अध्ययन वा कामलाई निरन्तरता दिन सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा पैतृक धन सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाब बढ्ने योग रहेको छ । सोमबार मध्यान्हबाट समय राम्रो रहेकोले धार्मिक क्षेत्रको भ्रमण गरी पुण्य कमाउन सकिनेछ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत संगीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । व्यापार, शेयर बजार तथा उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यबाट आफ्ना विचारहरू मनमनमा लैजान सकिनेछ । सोमबार मध्यान्हबाट बुधबार दिउसोसम्मको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक यात्रा हुने योग रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा गरगहनाको व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यम रहेकोले समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक कामहरू गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको समय राम्रो रहेकोले काम, अध्ययन तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा अरू दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । आफन्तको सहयोगले भौतिक सम्पत्ति वा बिलासी सामान प्राप्तिको योग रहेको छ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ ।
- कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बुधबार दिउसोसम्मको समय मध्यम रहेकोले काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । बुधबार साँझबाट शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिने लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । धर्मप्रति आस्था बढ्ने तथा धार्मिक यात्रा हुने प्रबल योग रहेको छ । सोमबार मध्यान्हबाट र बुधबार दिउसो सम्मको समय मध्यम रहेकोले घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । उच्च महत्त्वाकाङ्क्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योग, व्यापार, तथा शेयरमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको बलियो योग रहेको छ । नयाँ काम पाइने, नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । प्रविधिको प्रयोग गरी यात्रा, अध्ययन वा कामलाई सहज बनाउन सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यम रहेकोले आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको समय राम्रो रहेकोले भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । खाद्यान्न, होटल तथा रेष्टुरेन्टको व्यापारबाट मनग्गे धन कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नोकरीमा बढुवा हुने तथा स्थान परिवर्तनको गतिलो योग रहेको छ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ । परिवार तथा आफन्तको साथ खानपान, मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ । सोमबार मध्यान्हबाट समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ । कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगित तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । धार्मिक यात्राको योग रहेको छ । सोमबार मध्यान्हबाट र बुधबार दिउसो सम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ ।
- मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार, उद्योग तथा शेयर बजारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । धार्मिक यात्रा हुने तथा धार्मिक वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । र, पनि हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण