‘फेसियल हाउस’ ले मनायो १८औँ वार्षिकोत्सव
काठमाडौं । युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले बिहीबार १८ औँ वार्षिकोत्सव मनाएको छ ।
संस्था १८औँ वर्ष प्रवेशको अवसरमा फेसियल हाउसले काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा एक समारोहको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विभिन्न शीर्षकमा उत्कृष्ट ३१ जना कर्मचारी र उत्कृष्ट एउटा शाखालाई अवार्ड प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट तीन जना विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा उपसभामुख रानामगरसहित विभिन्न व्यक्तित्वहरूले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा नेतृत्वमा सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ ।
यस्तै उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरहरूमा शाखा सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिरहेको छ ।
फेसियल हाउसले ‘ब्युटी एकेडेमी’ समेत सञ्चालन गर्दै आएको छ । जसले पेशागत तालिम मात्र नभई नेतृत्व, जिम्मेवारी र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गरिरहेको महराको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण