माघ ६ अघि बालेनले दिनुपर्छ काठमाडौँको मेयरबाट राजीनामा
आइतबार, १३ पुस २०८२, १० : ३२
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपासँगको सहमतिअनुसार संसदीय चुनाव लड्ने भएका छन्।
- निर्वाचनमा भाग लिन उनले मेयर पदबाट राजीनामा दिनुपर्नेछ, जसका लागि माघ ६ गतेभित्रै राजीनामा दिनुपर्नेछ।
- बालेनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरको कार्यवाहक नेतृत्व सम्हाल्नेछिन्।
काठमाडौँ । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ ।
सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ ।
तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो ।
उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण