कांग्रेसको समानुपातिक बन्दसूचीमा बागमतीबाट २० जना
मकवानपुर । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ सार्वजनिक गरेको बन्दसूचीमा समेटिएका ११० उम्मेदवारमध्ये बागमती प्रदेशबाट २० जनाको नाम परेको छ ।
सूचीअनुसार बागमती प्रदेशभित्र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६ जनाको नाम समावेश गरिएको छ ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँबाट नियती सिंह, भीमसेनदास प्रधान, नारायण श्रेष्ठ, कमला राजभण्डारी, श्रीविनोद भट्टराई र हरिशरण नेपाली गरी ६ जनाको नाम बन्दसूचीमा परेको छ ।
यस्तै, दोलखाबाट छिरिङ डोल्मा शेर्पा, रामेछापबाट ग्याल्जे शेर्पा, रसुवाबाट पेम्बा छिरिङ तामाङ बन्दसूचीमा परेका छन् । नुवाकोटबाट महेन्द्र थिङ, जगतबहादुर तामाङ र अर्जुननरसिंह केसीको नाम सूचिमा समावेश छ भने मकवानपुरबाट पवित्रा सुनार र शर्मिला श्रेष्ठ बन्दसूचीमा परेका छन् ।
यसैगरी धादिङबाट शान्ता कुमारी तामाङ र सेतेमान तामाङको नाम समेटिदा भक्तपुरबाट विनोद प्रकाश कायस्थ, गणेशमान चक्रधर र डा. गंगालक्ष्मी अवाल तथा सिन्धुलीबाट नरेन्द्रजंग थापाको नाम समानुपातिक बन्दसूचीमा परेको छ ।
तर, चितवन, ललितपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट भने समानुपातिक बन्दसूचीमा एक जनाको पनि नाम परेको छैन । कांग्रेसले समानुपातिक बन्दसूची समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी तयार गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण