भक्तपुरको बालसुधार गृहमा विवाद, ५ जना प्रहरी फेरबदल
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित सानोथिमी बालसुधार गृहमा विवाद भएको छ । बाजबिज्याईंकर्ताहरुले मंगलबार दिउँसोदेखि सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग विवाद गरेका हुन् ।
बालबिज्याईंकर्ताहरुले बालसुधार परिसर भित्र नाराबाजी सुरु गरेपछि मंगलबार र बुधवार प्रशासनले उनीहरूसँग छलफल गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई नेतृत्वको टोलीसँग नाबालक बन्दीले छलफल गरेका हुन् ।
बालबिज्याईंकर्ताले खानपिनमा सुधार, खेलकुदको व्यवस्था, सरसफाइ र पुरानो भवन मर्मत गरिदिनुपर्ने माग राखेका छन् ।
सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूबारे बालबिज्याईंकर्ताले असन्तुष्टि जनाएपछि त्यहाँ खटिएका पाँच जना प्रहरी कर्मचारीको अदलीबदली गरिएको छ ।
बालसुधार गृहमा २३ जना प्रहरी कार्यरत छन् । मंगलबारबाट सुरु भएको विवाद अहिले सामान्य भैसकेको भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए ।
उनले भने, ‘व्यवस्थापनको पाटो महिला बालबालिका मन्त्रालयसँग सम्बन्धित हुन्छ, उहाँहरुले नाबालक बन्दीहरूसँग व्यवस्थापनबारे छलफल गरेपछि अहिले अवस्था सामान्य बनेको छ ।’
बालबिज्याईंकर्ताहरुले कैद सजाय कम हुनुपर्ने, त्यहाँबाट अन्यत्र सार्न नपाइने, औषधी उपचारको व्यवस्थापन र भेटघाटको समय बढाउनुपर्ने लगायतका माग राखेका छन् ।
२०८० भदौ ४ मा नाबालक बन्दी कमल बस्नेतको मृत्यु भएको विषयमा सो बालसुधार गृहमा झडप भएको थियो । त्यसबेला २२१ जना नाबालकहरू सुरक्षा घेरा तोडेर भागेका थिए । जेनजी प्रदर्शनमा भागेका नाबालक बन्दीहरू मध्ये केही अझै फर्किन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण