पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते
पाकिस्तान । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको अधिकारीहरूले बताएका छन् । यस्तै अरु १६ जना घाइते भएका छन् ।
पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडीहरू खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरु सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली अकबरले मिडियालाई बताए ।
ओभरटेक गर्ने प्रयास गर्दा दुवै गाडीको अत्यधिक गतिका कारण एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले पुष्टि गरे ।
अधिकारीका अनुसार नौ जना यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
पलिल्लो समयमा पाकिस्तानमा सडक दुर्घटनाको ग्राफ चिन्ताजनक रुपमा बढ्दै गएको जनाइएको छ भने लापरवाहपूर्ण सवारी हाक्ने, खराब सडकको अवस्था र सिमित सवारी मर्मतलगायतका कारणले दुर्घटनाका दरहरु बढेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण