किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीय बजार
चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ स्थित पाल्चोक मन्दिरमा सुरुवात गरिएको स्थानीय बजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ ।
स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीय बजारको सुरु गरिएको हो ।
स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले बताए ।
उनले हाट बजारमा किसानले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एभोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राख्ने गरेको जानकारी दिए ।
यो हाटबजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताए । यसबाट पाल्चोक तथा आसपासका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उनको छ ।
हेलम्बु गाउँपालिकाकै पहिलो स्थानीयबजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । सुरुवाती चरणमै किसानको उत्साहजनक सहभागिता देखिनु यस हाटबजारको सकारात्मक सङ्केत मानिएको शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण