ललितपुरको ठैबमा माटो ब्राण्डको नयाँ स्टोर
सारांश
- गोल्यान समूहको ‘माटो’ ब्रान्डले ललितपुरको ठैबमा नयाँ स्टोर सुरु गरेको छ।
- अर्गानिक कृषि उपजमा आत्मनिर्भर बन्ने र स्थानीय उत्पादनलाई बढावा दिने लक्ष्य राखिएको छ।
- महिला उद्यमीलाई प्राथमिकता दिँदै, उनीहरूले उत्पादन गरेका सामग्री ‘माटो’ ब्रान्डमा खरिद गरिनेछ।
ललितपुर । विषादीरहित कृषि उपजका लागि परिचित गोल्यान समूहको 'माटो' ब्रान्डले ललितपुरको ठैबमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। अर्गानिक फलफूल र तरकारीको बजारीकरण गर्दै आएको यस ब्रान्डले सोमबारदेखि ठैबमा सेवा सुरु गरेको हो। स्टोरको शुभारम्भ गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले गरेका छन्।
अध्यक्ष गोल्यानले नेपाललाई अर्गानिक कृषि उपजमा आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ स्टोर विस्तार गरिएको बताए। किसानलाई स्वरोजगार बनाउँदै उनीहरूको जग्गा बिक्री गर्नुपर्ने बाध्यता हटाउनु नै 'माटो'को मुख्य उद्देश्य रहेको उनको भनाइ छ। संस्थाले किसानलाई अर्गानिक खेतीसम्बन्धी तालिम दिनुका साथै उनीहरूले उत्पादन गरेका कृषि सामग्री उचित मूल्यमा खरिद गरी बजारीकरणमा सहयोग गर्दै आएको छ।
विशेषगरी कृषि उद्योग स्थापना र सञ्चालनमा महिला उद्यमीलाई प्राथमिकता दिइरहेको गोल्यानले उल्लेख गरे। महिलाहरूलाई आवश्यक कृषि उपकरण र मेसिन उपलब्ध गराएर उनीहरूले उत्पादन गरेका सामग्री 'माटो'कै ब्रान्डमा प्याक गरी खरिद गर्ने व्यवस्था मिलाइएको छ। यसबाट उद्योगीहरूको नाफा सुनिश्चित हुनुका साथै उपभोक्ताले स्वास्थ्यवर्धक र विषादीरहित खाद्यान्न सहजै प्राप्त गर्ने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण