आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेशसभाको प्रभावकारी सञ्चालनबारे सभामुख यादवको पहलकदमी

मङ्गलबार, २२ पुस २०८२, २१ : ००
मङ्गलबार, २२ पुस २०८२

जनकपुरधाम । मधेस प्रदेशसभा सञ्चालनका लागि सभामुख रामअशिष यादवले पहलकदमी लिएका छन् ।

सभामुख यादवले मंगलबार राजनीतिक दलसँग बैठक बसेर प्रदेशसभाको प्रभावकारी रूपमा सञ्चालन र सदनबाट बनेका कानुनहरूको अवस्थाबारे समेत जिज्ञासा राखेका छन् ।

प्रदेशसभामा रहेका राजनीतिक दलको बैठकमा प्रदेश सभाबाट प्रत्यायोजित अधिकारअन्तर्गत निर्माण गरिएका नियम, कार्यविधि, निर्देशिका, मापदण्ड, विनियम, परिपत्र तथा विधानहरू सिद्धान्त र मान्यताअनुरूप बनेका छन् वा छैनन् भन्ने विषयमा छलफल भएको थियो । 

साथै, पारित गरिएका कानुनहरूको कार्यान्वयन अवस्था, संसदीय समितिहरूले सरकारलाई दिएका निर्देशनहरूको प्रगति, समितिको वार्षिक प्रतिवेदन पेस गर्ने/गराउने प्रक्रिया तथा मन्त्रीहरूले प्रदेश सरकारको तर्फबाट बैठकमा दिएका आश्वासनहरूको कार्यान्वयन अवस्थाबारे पनि परामर्श गरिएको छ ।

त्यसैगरी समितिका प्रदेश सांसदको सदनमा उपस्थिति र सक्रियतासम्बन्धी विषयमा समेत छलफल भएको थियो ।

सभामुख यादवले प्रदेश सभाको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेकाले दलका नेताहरूसँग परामर्श गरी छिट्टै प्रदेश सभाको बैठक बस्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप