आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

शुक्रबार, २५ पुस २०८२, १४ : १०
शुक्रबार, २५ पुस २०८२

सारांश

  • स्वतन्त्र वाम समूहका नेता गिरिराज केसीको नेतृत्वमा रहेको समूह नेकपामा समाहित भयो।
  • काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले उनीहरूलाई स्वागत गरे।
  • एमालेबाट प्रदेश सभाका उम्मेदवार केसी, पूर्वमेयर दामोदर अधिकारी लगायतका नेता कार्यकर्ता नेकपामा प्रवेश गरे।

काठमाडौँ । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

काठमाडौँमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादा माला लगाएर स्वागत गरे ।

समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहेका छन् ।

स्वतन्त्र वाम समूहमार्फत दाङ लगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौँमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप