आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

आइतबार, १४ असार २०८३, १४ : ४७
आइतबार, १४ असार २०८३

सारांश

  • काठमाडौँको नागढुंगाबाट यात्रुवाहक बसमा सवार दुई जना भारतीय नागरिकलाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
  • काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा सवार रहेका पश्चिम बंगाल सिलगुडीका मोना राय र पंकज बोसलाई ७५ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो ।
  • पक्राउ परेका दुवै भारतीय नागरिकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ ।

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट यात्रुवाहक बसमा सवार दुई जनालाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरू दुवै जना भारतीय नागरिक हुन् । 

शनिबार काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा सवार दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा पश्चिम बंगाल सिलगुडी घर एका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आरोपीहरूको साथबाट ७५ ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

थप अनुसन्धान र कारबाहीका लागी आरोपीहरूलाई ब्युरोले प्रहरी वृत्त थानकोटमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप